३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

खजुराका पालिका अध्यक्ष र उपाध्यक्ष वडाअध्यक्षहरु लिएर सडक कार्यालय घेराउमा



खजुरा । खजुरा क्षेत्रमा निर्माणाधिन पुल र सडक अलपत्र परेको भन्दै त्यस क्षेत्रका जनप्रतिनिधीहरु सडक डिभिजन कार्यालय घेराउ गर्न पुगेका छन् । खजुरा क्षेत्रमा निर्माणाधिन ५ वटा पुल र नेपालगन्ज गुलरिया सडक अन्तर्गत खजुरा बजार खण्डको सडक अलपत्र पारेर ठेकेदार बेपत्ता भएपछि जनप्रतिनिधीहरु दलबलका साथ सडक कार्यालय पुगेका हुन् ।

बिहीबार खजुरा गाउँपालिकाका जनप्रतिनिधिहरु पालिका अध्यक्ष डम्बर विक तुफानको नेतृत्वमा सडक डिभिजन कार्यालय नेपालगन्ज पुगेर समयमा काम नगर्ने र गुणस्तरहिन काम गर्ने ठेकेदारलाई कारवाही गर्न माग गरे ।

उनीहरुले खजुरा गाँउपालिकाको परसपुर – गौघाट सडकको किरणनालाको पुल तथा खजुरा बजार क्षेत्रको फोरलेन सडक निर्माणमा चरम लापरबाही भएको भन्दै तत्काल निर्माण गर्ने प्रक्रिया अघि बढाउन वा ठेकेदारलाई कडा कारवाही गर्न माग गरेका थिए ।

पालिका अध्यक्ष विक सहितको टोलिले सडक डिभिजन प्रमुख निरज शाक्यलाई भेटदै जनताको प्रत्यक्ष सम्पर्कमा रहेको स्थानीय तहमा जनताले बारम्बार उक्त कामका बारेमा आफूहरुलाई प्रश्न गरिरहँदा त्यसको उत्तर आफूहरुले दिन नसकेको बताएका थिए । ‘हामीहरु जनताको आवाज लिएर सरोकारवाला निकाय सडक डिभिजनमा हामी आएका हौं,’ विकले भने, ‘यसअघि निर्माणका लागि थोरै सुरुवात भयो । तर १ नम्बरको हुने वित्तिकै अर्को तिर रोकियो ।’ उनले संघीय सरकारको निकाय सडक डिभिजन भएकाले सडक निर्माण छिटो सम्पन्न गर्ने माग राख्न आफूहरु आएको बताए ।

विकले गणेशमान चोकदेखि गौघाटसम्मको सडक निर्माण भइरहेता पनि उक्त स्थानमा पर्ने दुईवटा पुलको काम सम्पन्न नहुँदा जनताले धेरै समस्या भोगिरहेको बताए । उनले खजुराको १ हजार ८ सय मिटरको सडक र खजुरा बजारको पुल आगमी वर्ष मै ठेक्कापट्टा हुनेगरी मन्त्रालयमा पठाउन अनुरोधसमेत गरे ।

उनले काम यथासिघ्र सुरु नभए वा ठेकेदारलाई कानुनी दायरामा नल्याइए जनतालाई सडक डिभिजन घेराउको आह्वान गर्न आफुहरु बाध्य हुनुपर्ने बताए ।

खजुरा गाँउ पालिकाकी उपाध्यक्ष मञ्जु मल्ल चन्दले खजुराको १८ सय मिटर बाटो निर्माण हुन लाागेको ५ वर्ष हुन लाग्दापनि काम सम्पन्न नभएकाले सडक सम्म आउनु परेको बताइन् ।

अध्यक्ष र उपाध्यक्षसँगै सडक कार्यालय पुगेका खजुराका वडाअध्यक्षहरुले आन्दोलनका परिस्थिति सृजना गर्ने परिस्थिति सृजना नहोस् भन्ने चेतावनी दिँदै हप्तादिनमा काम सुरु गर्न माग गरेका थिए ।

घेराउ गर्न पुगेका जनप्रतिनिधिहरुलाई डिभिजन प्रमुख ईन्जिनियर निरज शाक्यले खजुराको १ हजार ८ सय मिटर सडकको म्याद पुस मसान्तमा सकिएको र हाल ठेकेदार क्मपनीलाई प्रतिदिन ० दशमलव ०५ प्रतिशतका दरले जरिवाना लागेको बताए । उनले उक्त सडक निर्माणका लागि धेरैपटक ताकेता गरे पनि केही समय काम गरेजस्तो गर्ने र छोड्ने गरेको बताए । यस विषयमा आफूले कारवाहीका लागि विभागमा पनि छलफल गरेको जानकारी दिए ।

खजुरा क्षेत्रका ५ वटा पुल निर्माणको काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्क बाहिर भन्ने समाचार खबरकुराले प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  १० : १३ बजे

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय

सिंहदरबारको क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा

काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन