२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

चेन्नईलाई हराउँदै राजस्थान आईपीएलको शीर्ष स्थानमा



काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सविरुद्ध राजस्थान रोयल्स ३२ रनले विजयी भएको छ ।

यो जितसँगै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ८ खेलमा ५ मा जित र ३ खेलमा हारको सामना गरेको छ ।

चेन्नई भने शीर्षबाट तेस्रो स्थानमा खस्किएको छ । आफ्नो आठौँ खेलमा राजस्थानले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।

उसका लागि शिवम दुबेले ३३ बलमा ४ छक्का र २ चौकासहित सर्वाधिक ५२ रन बनाए । त्यस्तै, ऋतुराज गायकवाडले ४७, मोइन अली, रवीन्द्र जडेजा (अविजित) २३-२३ र अजिंक्य रहाणेले १५ रन जोडे । राजस्थानका लागि एडम जाम्पाले ३, रविचन्द्रन आश्विनले २ र कुलदीप यादवले १ विकेट लिए ।

त्यसअघि जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनायो ।

उसका लागि ओपनर यशस्वी जैसवालले अर्धशतकीय पारी खेले । ४३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ७७ रन बनाए । त्यस्तै, ध्रुव जुरेलले १५ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३४ रनको इनिङ खेले ।

देवदत्त पाडिक्कल २३ रनमा अविजित रहे । जोस बटलर २७, कप्तान सञ्जु सामसन १७, शिमरोन हेटमायर ८ रनमा आउट भए । चेन्नईका लागि तुषार देशपाण्डेले २, रवीन्द्र जडेजा र महेश थिक्क्षणाले १र१ विकेट लिए ।

राजस्थानले आफ्नो नवौँ खेलमा आइतबार मुम्बईको सामना गर्नेछ । यस्तै, चेन्नईले आइतबार नै पञ्जाब किंग्सविरुद्ध खेल्ने तालिका छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ४२ बजे

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले