१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आगामी सोमबार विश्वासको मत लिने



बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आउँदो सोमबार विश्वासको मत लिने भएका छन् । सरकारलाई छिटो पूर्णता दिने गरी मुख्यमन्त्री चौधरीले विश्वासको मत छिट्टै लिन थालेका हुन् ।

बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले आज बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथपश्चात राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहणपश्चात बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो सोमबार विश्वासको मत लिने निर्णय गरेको विना विभागीय मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए ।

सोमबार विश्वासको मत लिएपछि मङ्गलबारभित्र सरकारलाई पूर्णता दिने योजना मुख्यमन्त्रीले बनाएका छन् । मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)का एक/एकजना र स्वतन्त्र एक सांसद गरी ५३ सांसदको समर्थन रहेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी योजना तथा कार्यक्रम निर्माण गर्नेभएको छ । मुख्यमन्त्री चौधरीले कार्यभार सम्हालेको पहिलो दिन आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले स्थानीय उत्पादनको बजारीकरण गरेर रोजगारी सिर्जना गर्ने, प्रदेश सरकारलाई घरघरसम्म पु¥याउने गरी कार्यक्रम निर्माण गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ९ : ४३ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई