८ माघ २०८२, बिहिबार | January 23, 2026

कीर्ते कागजपत्रमा दोषी एमाले पुर्व सांसद खातुन जेल चलान



विराटनगर । नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान भएकी छिन ।

सरकारी कागज कीर्ते तथा नक्कल गरेको अभियोगमा जिल्ला अदालत, मोरङ तथा उच्च अदालत विराटनगरको फैसलामा दोषी देखिएकी कोशी प्रदेशका पुर्व सांसद खातुन जेल चलान भएकी हुन् । उनी आफै आत्मसमपर्ण गर्न शुक्रबार अदालतमा पुगेकी थिइन ।

जिल्ला अदालत मोरङका जिल्ला न्यायधिस अम्बिकाप्रसाद निरौलाले २०७४ वैशाख ३१ गतेको फैसला अनुसार सांसद खातुनसहित उनका श्रीमान शेख शिलबर मियाँ, तत्कालिन गाबिस सचिब बिजय कामत र दिपचन्द्र मण्डललाई १ वर्ष जेल सजायँ फैसाला गरेका थिए ।

जिल्ला अदालतको फैसाला बिरुद्ध पुनरावेदन गर्न उच्च अदालत गएपनि विराटनगर उच्च अदालतले २०७४ पुस ९ गते जिल्लाको सोही फैसला नै सदर गरिदिएको थियो । सो अदालतले सरकारी कर्मचारी भएका कारण पुर्व गाविस सचिव कामत र मण्डललाई भने २ वर्षको सजाय तोकिदिएको छ ।

मोरङ जिल्ला अदालका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले पुर्व प्रदेश सभा सदस्य खातुन स्वयं उपस्थित हुन अदालतमा आएको र अदालतले आवाश्यक प्रक्रिया पुरा गरी कैद भुक्तानका लागि कारागार पठाएको हो ।

तत्कालिन कटहरी गाउँपालिकास्थित मधुसूदनराज पाण्डेको ३ विगाह १० कट्ठा मोही जग्गा हत्याउनका लागि उनले गरेको सरकारी कागजपत्र किर्ते गरेको पछि खुल्न आएको थियो । २०७१ चैत ४ गते तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवले सो कागजपत्र किर्ते गराउन भुमिका खेलेको अदालतले ठहर गर्दैै जेल सजायँ तोकेको हो ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ९ : ४४ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा