११ चैत्र २०८२, बुधबार | March 25, 2026

‘रकम दिएर पन्छाउने होईन, उत्पादनशिल क्षेत्रमा जोडिदेउ- बहिर्गमित सेना (प्रेस बिज्ञप्तिसहित)



काठमाडौं । बहिर्गमित जनमुक्ति सेना, नेपालले रकम दिएर पन्छाउने कार्य नगर्न सरकारलाई अनुरोध गरेको छ ।

सरकारले जनही २ लाख रुपैयाँको दरले रकम निकासा गराउने लागिरहेको बेला बेला बर्हिगमित जनमुक्ति सेना नेपालले भने उत्पादनशिल क्षेत्रमा जोडिदिन आग्रह गरेको हो ।

‘सरकारलाई हामीले सुरू देखि नै ‘पुर्ब बाल सेना’ को दिर्घकालिन रूपमा नै समस्या सम्बोधन गर्न तथा जिविकोपार्जनका लागि उत्पादनशिल क्षेत्रमा सहभागिता गराउन भन्दै आएको छौं,’ अध्यक्ष लेनिन बिष्टद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘अतः हामीलाई रकम मात्रै दिएर पन्छाउने होईन, उत्पादनशिल क्षेत्रमा जोडिदिन अनुरोध गर्दछौं ।’

बिष्टद्धारा जारी बिज्ञप्ति अनुसार बर्हिगमित सेनालाई जम्मा बाटो खर्च स्वरुप १० हजार तथा एउटा झोला मात्रै दिएर क्यान्टोन्मेन्टवाट बाहिर पठाईएको थियो । सो रकम बाहेक अहिलेसम्म कुनै रकम नपाएको पनि बिज्ञप्तिमा उल्लेख छ ।

‘सोही जनयुद्धमा सहभागी भएका मध्य ४ हजार ८ जनालाई VMLR( Verified Miner Late Required ) भन्दै क्यान्टोनमेन्टबाट बाहिर पठाइयो । जसमध्ये २,९७३ जना उमेर नपुगेका Verified Miner र १०३५ जना शान्ति सम्झौता पछि भर्ना भएको Late Required भन्दै क्यान्टोन्मेन्टबाट बाहिर राखिएको पुनः स्मरण गराउन चाहन्छौ,’ जारी बिज्ञप्तिमा भनिएको छ, ‘हामीलाई क्यान्टोनमेन्टबाट बाहिर पठाउदा तत्कालीन बिद्रोही पक्ष नेकपा माओवादी, नेपाल सरकार र संयुक्त राष्ट्र संघीय मिशन इन नेपाल (UN-UNMIN) बिच त्रिपक्षिय सहमती अनुसार बहिगर्मन गराइएको थियो । यसरी बहिर्गमन खर्च स्वरुप १० हजार रुपैया र एउटा झोला मात्रै दिईएको थियो ।’

२०६९ साल देखी नै बाल सेनालाई रकम दिने भनेर निर्णय पटक पटक भए पनि अझैसम्म नपाएको उनीहरुको गुनासो छ ।

 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : २० बजे

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

उद्योग वाणिज्य महासङ्घमा चुनावी सरगर्मी, दुई प्यानलबाट आंशिक उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभा तथा