७ आश्विन २०८३, बुधबार | September 23, 2026

शेयर बजार १९ अङ्कले घट्यो



काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ११ अङ्कले घटेर एक हजार आठ सय ७० दशमलव ६५ को विन्दुमा कायम भएको हो ।

आज दुई सय ७१ कम्पनीको ३२ लाख छ हजार चार सय ५० कित्ता शेयर २६ हजार आठ सय एक पटक खरिद बिक्री हुँदा रू ९५ करोड ४३ लाख २२ हजार तीन सय ७७ बराबरको कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स दुई दशमलव ९५ र फ्लोट इक्डेक्स एक दशमलव ३४ अङ्कले घटेको छ ।

त्यस्तै, सबै समूहका उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ८७ दशमलव १७ र निर्जीवन बीमा समूहको उपसूचक ४६ दशमलव ६६ अङ्कले घटेको छ । आज बैंकिङ समूह नौ दशमलव ४७, विकास बैंक समूह ४२ दशमलव ६७, वित्त समूह २०, होटल तथा पर्यटन समूह २६ दशमलव ९३ र जलविद्युत् समूह ४५ दशमलव ४४ अङ्कले घटेको छ ।

यसैगरी, लगानी समूह शून्य दशमलव ३३, उत्पादन तथा प्रशोधन समूह ४१ दशमलव २२, लघुवित्त समूह ३१ दशमलव ४३, म्युचुअल फन्ड शून्य दशमलव १९, व्यापार समूह ३५ दशमलव ४१ र अन्य समूह १८ दशमलव २८ अङ्कले घटेको छ ।

एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड-२ को शेयर मूल्य सबैभन्दा धेरै तीन दशमलव ३३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड ग्रोथ फन्डको शेयर मूल्य आठ दशमलव ८९ अङ्कले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू चार करोड २५ लाख १० हजार आठ सय बराबरको शेयर किनबेच भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याको आधारमा भने सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको एक लाख ९५ हजार एक सय ७८ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ४ : १२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११