२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

एसिसी कप फाइनलमा वर्षा बाधकको सम्भावना, खेल रद्द भए नेपाल एसिया कपमा छनोट



काठमाडौं । एसिसी प्रिमियर कपको फाइनल खेल शनिवार झै वर्षाका कारण रद्द हुन पुगेमा नेपाल स्वतः विजेता हुनेछ । जल तथा मौसम बिभागका अनुसार सोमवार पनि वर्षा हुने सम्भावना रहेको छ । यदी सोमबार पनि वर्षा भएको खण्डमा ‘रिजर्भ डे’ मानिएको मंगलबारका दिनमा फाइनल खेल खेलाईने छ ।

मंगलबार पनि नेपाल-संयुक्त अरब इमिरेट (युएई)का बिचमा खेल हुन नसकी रद्ध भएको खण्डमा सुपरओभरमा जानेछ । जसअनुसार दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुने गरी नतिजा निकालिनेछ ।

तर, वर्षाको कारण सुपरओभर पनि हुनसक्ने अवस्था नभएको खण्डमा आइसिसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा माथि रहेको टोली एसिया कपमा स्वतः पुग्नेछ । जसअनुसार आइसिसीको एकदिवसीय वरियतामा १४ स्थानमा रहेको नेपाल १४ औं र १९ औं स्थानमा रहेको युएईलाई पराजितत गर्दै फाइनल विजेता टोली बन्नेछ ।

जसले एसिया कपका भारत र पाकिस्तानसँग खेल खेल्न पाउने छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपाल र बिचमा आज फाइनल खेल हुन लागेको हो । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

शनिबार भएको खेलमा नेपाल कुवेतलाई पराजित गर्दै फाइनलमा आएको हो भने युएई ओमानलाई पराजित गर्दै फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्न पुगेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाई रहदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रद्ध भए पछि समुह विजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ८ : १८ बजे

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा

इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब