२ पुस २०८२, बुधबार | December 17, 2025

सरकारमा सहभागिता बारे रास्वपाले गरेन निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागिताबारे शुक्रबार मात्र निर्णय लिने भएको छ । उपचुनावपछि सोमबार पहिलो पटक बसेको बैठकले पार्टी अध्यक्ष रवि लामिछानेलाई संसदीयदलको नेतामा सिफारिस गरेको छ भने पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको रास्वपाले जनाएको छ ।

केन्द्रीय सदस्यहरुले सरकारमा जाने नजानेबारे फरक फरक धारणा राखेको बताइएको छ । अधिकांश केन्द्रीय सदस्यले सरकारमा गएर काम गर्न सक्ने वातावरण नभएसम्म जान नहुने सुझाव दिएको रास्वपाका एक नेताले बताए । पार्टीको एजेण्डा सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न सकिए सरकारमा जान पनि सकिने राय आएको पनि तिनले बताए ।

सोमबार नै संसदीय दलको बैठक बोलाइएको र सो बैठकमा लामिछानेलाई संसदीयदलको नेता चयन गर्न पार्टीबाट सिफारिस गरिएको पार्टी प्रवक्ता मुकुट ढकालले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ३ : ३१ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका