१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

सरकारमा सहभागिता बारे रास्वपाले गरेन निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागिताबारे शुक्रबार मात्र निर्णय लिने भएको छ । उपचुनावपछि सोमबार पहिलो पटक बसेको बैठकले पार्टी अध्यक्ष रवि लामिछानेलाई संसदीयदलको नेतामा सिफारिस गरेको छ भने पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको रास्वपाले जनाएको छ ।

केन्द्रीय सदस्यहरुले सरकारमा जाने नजानेबारे फरक फरक धारणा राखेको बताइएको छ । अधिकांश केन्द्रीय सदस्यले सरकारमा गएर काम गर्न सक्ने वातावरण नभएसम्म जान नहुने सुझाव दिएको रास्वपाका एक नेताले बताए । पार्टीको एजेण्डा सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न सकिए सरकारमा जान पनि सकिने राय आएको पनि तिनले बताए ।

सोमबार नै संसदीय दलको बैठक बोलाइएको र सो बैठकमा लामिछानेलाई संसदीयदलको नेता चयन गर्न पार्टीबाट सिफारिस गरिएको पार्टी प्रवक्ता मुकुट ढकालले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ३ : ३१ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल