७ चैत्र २०८२, शनिबार | March 21, 2026

नेपाली नयाँ वर्ष २०८० को अवसरमा अमेरिकामा शुभकामना कार्यक्रम



काठमाडौं । अमेरिकामा रहेका नेपालीहरूले नयाँ वर्ष २०८० को अवसरमा एक भव्य समारोहका बीच शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन्। नेपाली जनसम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा आइतबार कार्यक्रम गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले सात समुन्द्र पारी रहँदा पनि आफ्नो संस्कृतिलाई यसरी सम्झिएको पाउँदा निकै खुसी लागेको बताए। ‘विशेष कार्यक्रमको सिलसिलामा अमेरिका पुगेकोमा यहाँहरूले भव्य समारोहमा आमन्त्रण गर्नु भएकोमा खुसी लागेको छ। यसका साथै उहाँहरूले प्रवासमा रहेर पनि नेपाली संस्कृतिलाई जगेर्ना गर्दै आउनु भएको पाउँदा निकै हर्षित तुल्याएको छ,’ उनले भने।

विदेशमा रहेका नेपालीहरूको मुलुकको समृद्धिका लागि ठूलो योगदान रहेको चर्चा गर्दै नेता गुरुङले उनीहरूको पूर्ण राजनीतिक अधिकारसहितको दोहोरो नागरिकता दिने कुरामा आफ्नो पार्टी गम्भीर रहेको बताए। उनीहरू नेपालकै नागरिक रहेको र देशको आर्थिक समृद्धिमा पनि ठूलो योगदान रहेकाले राजनीतिक अधिकारसहितको नागरिकता उपलब्ध गराउने विषयमा कांग्रेस गम्भीर रहेको उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि आनन्द विष्टले पनि आफूहरू राजनीतिक अधिकारसहितको दोहोरो नागरिकता दिन आग्रह गरे। ‘मुलुक आर्थिक विपत्तिमा होस् वा अन्य समयमा हामीले मुलुकका लागि ठूलो सहयोग गरेका छौं। हामी जहाँ भए पनि मनमा नेपाल र नेपाली पन छ। हामीलाई विदेशमै रहे पनि मतदान गर्न पाउने अधिकार दिनुपर्छ र राजनीतिक अधिकारसहितको दोहोरो नागरिकता लिन पाउने व्यवस्था राज्यले गर्नुपर्छ,’ उनले भने।

नेपाली जनसम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टर सभापति मदन पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा १२ सय जना भन्दा बढीको सहभागिता रहेको बताइएको छ। कार्यक्रमको संयोजक लोकनाथ तिमिल्सिना रहेका थिए। नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय पदाधिकारी, च्याप्टर प्रतिनिधि, गैरआवासीय नेपाली संघलगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र विभिन्न राज्यबाट नेपालीहरूको कार्यक्रममा सहभागिता रहेको थियो।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ९ : २३ बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा