११ भदौ २०८३, बिहिबार | August 28, 2026

प्रधानमन्त्री प्रचण्डसँग महानिर्देशक डा बरमेजोको भेट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा अल्भेरो बरमेजोले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गरेका छन् ।

आज भएको भेटमा उनीहरुबीच स्वास्थ्य सेवा क्षेत्रका विविध विषयका कुराकानी भएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले महिलाको पाठेघरमा हुने क्यान्सरको जोखिम हुन नदिन अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घले नेपाल सरकारमार्फत थप स्वास्थ्य सेवाका कार्यक्रम विस्तार गर्न र लगानी बढाउन आग्रह गरेको भेटमा सहभागी नेपाल परिवार नियोजन सङ्घका व्यवस्थापक डा नरेशप्रताप केसीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले महासङ्घले यौन तथा प्रजनन स्वास्थ्य सेवाका विविध क्षेत्रमा नेपाललाई गरेको आर्थिक एवं प्राविधिक सहयोगका लागि महानिर्देशक डा बरमेजोलाई धन्यवाद दिएका थिए ।

महानिर्देशक डा बरमेजोले महासङ्घले आगामी दिनमा नेपाललाई प्रदान गर्दै आएको आर्थिक एवं प्राविधिक सहयोग थप वृद्धि गर्ने बताएका थिए । भेटमा नेपाल परिवार नियोजन सङ्घका अध्यक्ष हिमाल कसजू, महासङ्घका दक्षिण एसियाली क्षेत्रीय निर्देशक सोनाल मेहेता, प्राविधिक सल्लाहकार डा हरजोत खोसा सहभागी थिए ।

महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कामा गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको संस्था हो । महासङ्घमा विश्वका एक सय ८९ देशका परिवार नियोजन सङ्घ आबद्ध छन् ।

नेपाल परिवार नियोजन सङ्घले सन् १९६० मा यस महासङ्घको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो । मूलतः गरिब, सीमान्तीकृत, सामाजिक रूपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउन महासङ्घले विश्वभर आफ्ना सदस्य–सङ्घमार्फत लगानी गर्दै आएको छ ।

हाल नेपाल परिवार नियोजन सङ्घले विभिन्न ४३ जिल्लाका तीन सय एक पालिकामा रहेका क्लिनिकमार्फत यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवर्द्धनात्मक सचेतना प्रदान गरिराखेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ५ : ०९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि