२ पुस २०८२, बुधबार | December 17, 2025

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ



काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने घटनाको अनुसन्धान गर्न उनलाई बुधबार दिउँसो काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । अहिले उनलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ ।

बुधबार नै उनलाई पक्राउ गर्न अदालतबाट प्रहरीले पक्राउ पुर्जी लिएको थियो । गृहमन्त्रालयबाट उनी गत वर्ष उपराष्ट्रपति कार्यालयमा सरुवा भएका थिए ।

यसअघि मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  २ : २९ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व