काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजीलाई कारवाही गर्नेगरी सरकारले ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज सो अध्यादेश जारी गरेका हुन् । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
अध्यादेशले मुलुकी संहितामा केही संशोधन गर्दै मिटरब्याजमा हुने लेनदेनलाई कानुनी रूपमा अनुचित लेनदेनका रूपमा परिभाषित गर्दै त्यस्तो कार्य दण्डनीय हुने व्यवस्था गरेको छ । मिटरब्याज पीडितहरुसँग गत चैतमा भएको सम्झौतामा फास्ट ट्य्राकबाट कानुन ल्याएर मिटरब्याजीलाई कारबाहीको प्रक्रिया अघि बढाउने प्रतिवद्धता गरेको छ ।



















प्रतिक्रिया