५ पुस २०८२, शनिबार | December 20, 2025

कांग्रेसबाट थपिए तीन मन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले नेपाली कांग्रेसका तीन नेतालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम बुधबार तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका छन् । गुरुङ र लिम्बू कोइराला समूहका नेता हुन् । बस्नेत संस्थापन पक्षका नेता हुन् । आफ्नो पक्षले ३ मन्त्री पाउनुपर्ने अडान राखेपछि मन्त्रिपरिषद् विस्तार प्रभावित भएको थियो ।

गठबन्धनमा भएको बाँडफाँटअनुसार कांग्रेसको भागमा ८ मन्त्रालय परेको थियो । यसअघि पुर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशसरण महत अर्थ, रमेश रिजाल उद्योग बाणिज्य तथा आपुर्ति, एनपी साउद परराष्ट्र र सीता गुरुङ शहरी विकास मन्त्री नियुक्त भइसकेका छन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार दिउँसो ३ बजे गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ५ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको