२८ असार २०८३, आइतबार | July 13, 2026

कांग्रेसबाट थपिए तीन मन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले नेपाली कांग्रेसका तीन नेतालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम बुधबार तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका छन् । गुरुङ र लिम्बू कोइराला समूहका नेता हुन् । बस्नेत संस्थापन पक्षका नेता हुन् । आफ्नो पक्षले ३ मन्त्री पाउनुपर्ने अडान राखेपछि मन्त्रिपरिषद् विस्तार प्रभावित भएको थियो ।

गठबन्धनमा भएको बाँडफाँटअनुसार कांग्रेसको भागमा ८ मन्त्रालय परेको थियो । यसअघि पुर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशसरण महत अर्थ, रमेश रिजाल उद्योग बाणिज्य तथा आपुर्ति, एनपी साउद परराष्ट्र र सीता गुरुङ शहरी विकास मन्त्री नियुक्त भइसकेका छन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार दिउँसो ३ बजे गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ५ : २१ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली