२ पुस २०८२, बुधबार | December 17, 2025

करेन्ट लागेर दाङमा एक जनाको मृत्यु, दुई घाइते



दाङ । दाङको तुलसीपुरमा बुधबार साँझ करेन्ट लागेर एक जनाको ज्यान गएको छ । थप दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ घर भएका २८ वर्षीय महेश बिक छन् । उनी तुलसीपुर बसेर जापानी भाषा पढाउँदै आएका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार महेश बुधबार साँझ ६ बजेतिर तुलसीपुर उपमहागरपालिका वडा नम्बर ६ स्थित विद्युत कार्यालय नजिकै रहेको जापानी भाषा सिकाउने आफ्नो कार्यालयको बोर्ड फेर्दै थिए । पुरानो विज्ञापन बोर्ड झिकेर नयाँ राख्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर अवस्थामा पुगेका महेशको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको डिएसपी मल्लले बताए ।

करेन्ट लागेर पुथा – १२ कक्शेरा फल्नेका १६ वर्षीय अर्जुन बिक र भूमे गाउँपालिका– ४ काँडाकी १८ वर्षीया मोनिका बिक घाइते भएका छन् । उनीहरू दुवै जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

अर्जनु र मोनिका पनि तुलसीपुर– ६ मै डेरा गरी बस्दै आएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ९ : ०९ बजे

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा