१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

नक्कली शरणार्थी प्रकरण : प्रहरीले सन्दीपलाई लग्यो जिल्ला अदालत



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई म्याद थपका लागि प्रहरीले अदालत लगेको छ ।

नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भुमिका खेलेको आरोपमा हिजो साँझ बुटवलबाट पक्राउ परेका सन्दीपलाई आज बिहान काठमाडौं ल्याईएको थियो ।

काठमाडौं ल्याईएका उनलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत, काठमाडौंमा लगिएको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा हिजो गृहमन्त्रालयका काम गरेको सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो । उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ ।

आठ सय ७५ युवासँग रकम उठाएको आरोपमा मुछिए पछि सन्दीपका पीता टोपबहादुर रायमाझीलाई पनि पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  १२ : २२ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू