१३ भदौ २०८३, शनिबार | August 29, 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?



काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय निर्धारण गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले दोषी ठहरिएका १६ जनाको फरक फरक कसुरमा सजाँय निर्धाण गरिएको हो ।

अदालतले नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना तोकेको छ।

रायमाझीले ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्य विरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना, सोही कसूरमा थप ६ महिना कैद भोग्नु पर्ने भएको छ। त्यस्तै एकीकृत कसुरमा ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको हो।

त्यस्तै पूर्व सचिव टेकनारायण पाण्डेलाई ४ बर्ष जेल सजायँ तोकिएको छ। उनले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय भोग्नु पर्ने भएको छ।

पूर्व सचिव टेकनारायण पाण्डेलाई ठगीमा २ वर्ष कैद र १५ हजार जरिवाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिवाना, राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवानाको सजाय तोकिएको हो । एकीकृततर्फ ४ वर्ष ४० हजार रुपैयाँ जरिवाना तोकिएको फैसालामा उल्लेख गरिएको छ ।

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई दुई वर्ष कैद तोकिएको छ। अदालतले रिजाललाई २ बर्ष कैदसहित २० हजार जरिवाना तोकेको हो ।

जसअनुसार सरकारी लिखत कीर्तेमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, ठगी मुद्दामा एक वर्ष कैद र १० हजार, संगठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ, राज्यविरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार जरिबाना तोकिएको हो ।

जसअनुसार एकीकृत तर्फ दुई वर्ष कैद र २० हजार जरिवाना गरिएको फैसालामा उल्लेख छ ।

उता नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका मुख्य योजनाकार मानिएका केशवप्रसाद दुलाल र सानु भण्डारी तथा सागर राई, सन्देश शर्मा, डा इन्द्रजित राई, गोविन्दकुमार चौधरी, आङदेवा शेर्मा र टङ्क नारायाण पाण्डेलाई चार वर्ष कैद तथा रु ४० हजार जरिवाना तोकिएको छ ।

जसअनुसार सरकारी लिखत किर्ते कसुरमा २ वर्ष कैद र २० हजार, ठगीमा २ वर्ष कैद र २० हजार, संगठित अपराधमा ३ बर्ष कैद र ३० हजार, राज्यविरुद्धको कसुरमा १ वर्ष कैद र १५ हजार जरिबाना तिर्नु पर्ने भएको हो ।

सबै कसुरको एकीकृततर्फमा कुल ४ वर्ष ४० हजार कैद जिल्ला अदालत, काठमाडौंले जनाएको छ।

यसैगरी शमशेर मिया, हरिभक्त महर्जन, नीरञ्जनकुमार खरेल र नरेन्द्र केसीलाई एक वर्ष कैद र रु १० हजार जरिवाना तोकिएको छ । सजाँय सुनाइएका सबै पुर्पक्षका लागि हाल थुनामा रहेका छन् ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ९ : ०५ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित