८ बैशाख २०८१, शनिबार | April 20, 2024

गोप्य स्वार्थ लुक्ने गरी कार्य नगर्न मातहत प्रहरी युनिटलाई प्रहरी महानिरीक्षक कुँवरको निर्देशन



बुटवल । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरीको काम कारवाहीमा गोप्य स्वार्थ लुक्ने गरेका कारण लक्ष्य हासिल हुन नसकेको बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवल परिसरमा नवनिर्मित भवनको विहिबार उद्घाटन गर्दै महानिरीक्षक कुँवरले बोले अनुसारको काम व्यवहारमा कार्यान्वयन नहुँदा समस्या आउने गरेको बताए ।

उनले नागरिकले अनुभुति पाउने गरि कार्य सम्पादन गर्न मातहतका निकायलाई निर्देशन दिए । बोलेर भन्दा पनि नागरिकले तित्त बुझाउने गरि काम गरेमात्र प्रहरीको सत्य सेवा सुरक्षणमको नारा साकार हुने उनले बताए । उनलेजनताको जीउधनको रक्षा र मावन अधिकारको संरक्षण गदै सर्वसाधरण नागरिकहरुको जनजिवनलाई सरल सहज र सुक्षित बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए । ‘नेपाल प्रहरीले जनताको विश्वास जित्ने गरी काम गर्नु पर्छ ।’ उनले भने

महानिरक्षिक कुँवरले प्रहरीको २ठ सय बढी युनिटहरुमा प्रहरीले १८ सय युनिटमा मात्र सुबिधा सम्पन्न संरचना पाएको उल्लेख गर्दै जस्तोसुकै दुख सहेरपनि प्रहरी नागरिकको सुरक्षा गर्न प्रतिबद्ध रहेको बताए ।

महानिरीक्षक कुँवरले नवनिर्मित प्रहरी कार्यालय भवन, ब्यारेक तथा क्यान्टीनको समेत उदघाटन र अवलोकन गरेका थिए । प्रहरीले पाएको संरचनालाई अपनत्व ग्रहण गर्दै संरचनाको मर्मत सम्भारमा पनि ध्यान दिन महानिरीक्षक कुँवरले सम्बन्धित युनिट प्रमुहरुलाई निर्देशन दिए ।

उदघाटनका क्रममा महानिरक्षिकको स्वागतार्थ बालबालिकाकाट स्वस्ती वाचन सहित प्रहरी टोलिबाट सम्मान गार्ड सलामी गरिएको थियो । कार्यक्रममा बुटवल उपहानगरपालिका प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण, सैनामैनाका प्रमुख फडेन्द्र शर्मा, देवदह नगरपालिका प्रमुख धुब्रप्रसाद खरेल, प्रमुख जिल्ला अधिकारी भरतमणि अधिकारी र रुपन्देही प्रहरी प्रमुख भरतकुमार वि.क.लगायतको सहभागिता रहेको थिए ।

लुम्बिनी प्रदेश सरकारको बजेटमा सार्वजनिक खरिद ऐन बमोजिम ३ करोड १९ लाख १३ हजारको लागतमा कार्यालय प्रमुख निवास, ब्यारेक तथा आवश्यक शौचालयहरु निर्माण भएका छन् भने संघीय सरकारको बजेट २ करोड ४१ लाख २० हजारको लागतमा इलाका प्रहरी कार्यालयको प्रशासनिक भवन, रिसेप्सन, मेस क्यान्टीन भवन निर्माण भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दाङ बहादुर थापाले बताए ।

 

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  २ : ३४ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले