१४ माघ २०८२, बुधबार | January 28, 2026

किराँत राई समुदायले आज उभौली पर्व मनाउँदै



काठमाडौं । किराँत राई समुदायले आज (शुक्रबार) उभौली पर्व मनाउँदैछन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत-राई समुदायले भूमेस्थानमा पूजा गरी उभौली पर्व मनाउँछन् ।

बाली लगाउनुअघि राम्रोसँग काम होस् र बालीनाली सप्रियोस् भनेर गाउँ-ठाउँमा रहेका भूमेस्थानमा प्रकृतिको पूरा गर्ने परम्परा रहेको किरात संस्कृतिका अध्येता कीर्तिकुमार दुमी राईको भनाइ छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।

मार्गशीर्ष (मंसिर) शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । मंसिर पूर्णिमामा किराँत समुदायले उधौली पर्व मनाउँछन् ।

किराँत संस्कृतिका अध्येता राई उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको बताउँछन्। यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ। यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । किराँत समुदायमा पनि एकथरीले उभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उभौली वैशाख शुक्ल पूर्णिमा र उधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किराँत राई समुदायको महत्त्वपूर्ण पर्व हो ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : १२ बजे

बारामा एकै परिवारका आमा-छोराको निर्मम हत्या, बाबु र छोरी गम्भीर घाइते

वीरगन्ज । बारा जिल्लामा एकै परिवारका आमा र छोराको धारिलो

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी ।बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा

बाँकेमा ५२ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ । मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा