२ पुस २०८२, बुधबार | December 17, 2025

सरकारमा सहभागी हुने, नहुने विषयमा छलफल गर्न रास्वपाको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ ।

सरकारमा जाने, नजाने भनेर छलफल गर्न रास्वपाले साँझ ५ बजे पार्टी कार्यालय बसुन्धरामा बैठक बस्न लागेको हो ।

बैठकमा सरकारसँग सम्बन्धित विषय र अन्य समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई सरकारमा आउन आग्रह गरिसकेका छन् । तर, रास्वपाले विगतमा आफुले नेतृत्व गरेका मन्त्रालय पाए र नीति तथा कार्यक्रममा आफ्नो दलले राख्दैआएका विषयहरु समावेश गरे सरकारमा सहभागी हुन सक्ने बताएको छ ।

गत सोमबार बसेको केन्द्रीय समिति र पार्टी संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन प्रस्तावबारे जानकारी गराएका थिए । उनले सो दिन केन्द्रीय कमिटी सदस्य र सांसदहरूसँग राय मागेका थिए।आफ्ना शर्तहरु पुरा भए सरकारमा जान सकिने रास्वपा नेताहरुले बताउँदै आएका छन् ।

अर्कोतिर एमाले अध्यक्ष केपी शर्मा ओलीले वैकल्पिक गठबन्धन बनाएर लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको विषयले पनि राप्रपामा तरंग ल्याएको छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ९ : २६ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११