बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञान र दर्शनको कुनै सीमा रेखा नहुने बताएका छन् ।
२५६७ औं बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले ध्यान र विकासलाई जोडेर जानुपर्ने बताए । उनले भने, ‘ज्ञान र दर्शन कसैको सम्पत्ति नभएर सबैको साझा सम्पत्ति हो ।’
प्रधानमन्त्री प्रचण्डले क्रान्ति र शान्तिलाई एक साथ अगाडि बढाउन हामी सक्षम रहेको जिकिर समेत गरे ।
प्रधानमन्त्री प्रचण्डले सम्भावित विश्व सम्पदासूचीमा राख्न सरकारको प्रयत्नमा स्थानीयको सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बृहत्तर लुम्बिनीको विकासमा सरकारको ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले बुद्ध सर्किटको सम्भावना भएर पनि त्यो पूरा हुन नसक्दा बुद्धको सन्देश प्रवाह गर्न समस्या रहेको बताए । उनले अब सरकारले देशभित्रका बुद्ध सर्किटहरुलाई जोडेर बृहत्तर विकास गर्नुपर्ने जनाए ।



















प्रतिक्रिया