२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय



मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिन लागेको सोमबार घोषणा गरेका छन । उनले अर्जेन्टिनालाई जुलाईमा लगातार दोस्रो विश्वकप फाइनलमा पु¥याएपछि अब धेरै नखेल्ने भनाइ सार्वजनिक हुँदै आएका थिए ।

फुटबलका सुपरस्टार ३९ वर्षीय मेस्सीले इन्स्टाग्राममा लेखेका छन, “यो निर्णयले मलाई पीडाबोध भएको छ र अझै पनि मेरो आत्मामा गहिरो पीडा हुनेछ । तर म बुझ्छु, यो सही समय हो ।”

उनले भने, “म शपथ खाएर भन्छु कि मैले सधैँ सबैथोक दिएँ, केवल पछिल्ला वर्षहरूमा जब हामीले सबै जित्यौँ मात्र होइन । त्यसभन्दा अघि पनि । मैले सधैँ यो जर्सीका लागि लडें र सबै दिए ।”

मेस्सीको कप्तानीमा उनले सन् २०२२ मा दोहामा फ्रान्सविरुद्ध पेनाल्टी सुटआउटमा जितेर अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका थिए, तर उनको टोलीले सन् २०२६ को फाइनलमा इस्ट रदरफोर्ड, न्यू जर्सीमा स्पेनसँग १-० ले हार बेहोरयो ।

अगस्टमा बुबा जर्जको मृत्युपछि मेस्सीले कुनै पनि प्रकारको फुटबल खेल्न ‘धेरै लामो समयसम्म’ जारी राख्नेबारे ‘गम्भीर शङ्का’ रहेको बताएका थिए ।

मेजर लिग सकर क्लब इन्टर मियामीसँगको मेस्सीको करार सन् २०२८ को सिजनको अन्त्यसम्म चल्छ ।

उनले अर्जेन्टिनाका लागि २०७ खेल खेलिसकेका छन र अर्जेन्टिनाका लागि १२५ गोल गरेर अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता पनि बनेका छन ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  १० : ५७ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य