३० असार २०८३, मंगलबार | July 14, 2026

सङ्कल्प किसानको

(कविता)



बाँझिएको मनमा
मुसलधारे पानी परेर विचराको
खनी खोस्री आली र काल्लाहरु
मलजल अग्रगामी चेतनाको
आस्था र विश्वासको बाँध बाँधेर
छ्याल्ल ब्याल्ल समाहा चलाउँदै
सत्य र इमानको
लहलह खेतका फाँटैफाँट खेतवारी
फलाउन खेती परिवर्तनको ।

…..

दीनानाथ शर्मा

डढेलो लागेको मनभित्र
आश र भरोसाका सितल झर्नाहरु
उराठ लाग्दा खुरखेर डाँडा पखेराभरी
धुपी र सतीसाल रोपेर विचारको
आस्था र विश्वासको सगरमाथातिर
चढिरहेको पर्वतारोही
लालीगुराँसले रक्तम्मै ढाकेका
थुम्कााथुम्की पाखापखेराभरि
बाँझो मन चिर्दै चेतनाको हलोले
राँटाराँटी सम्याउदै धैर्य र
साहसको डल्लेठोले ठेला परेको हातले
सुन्दर भविष्यको सपना रोपेर
श्रमको संसारमा
रगत र पसिनाले सिँचेको
हराभरा फुलवारी संसारको
लहलह बाली झुलेको खेत
रंगीचंगी फूलहरूले
ढपक्कै ढाकेको फूलबारीभरी
हेर न लाजै नमानी एकाबिहानै
चिरिविरि चुरिफुरि भँवराहरुकोमा
उनको पनि आफ्नै संसार छ रमाउनको लागि
उनको पनि आफ्नै इतिहास छ कमाउनका लागि
छ र प्रकृतिको भोग मानव चेतनाको
बुद्धि र विवेकको भरेङ चढ्दै
सगरमाथाको शिरमा
झण्डा गाडेर स्वतन्त्रता न्याय र समानताको
सन्देश सुनाउदै संसारलाई
मान र सम्मान नेपाली जातिको
गर्वले भन्छौ हामी नेपाली हौं
शिर उठाएर भन्छौं हामी बुद्धका सन्तान हौं ।

…..

जानेनौं हामीले दास बन्न अरुको
मानेनौ अरुलाई दास बनाउन
लथालिङ्ग छरिएका
डाँफे मयुर र ढुकुरहरू
नाचिरहेछन मनको जंगलभरि
मृग, घोरल र चितलका पाठाहरु
लर्केको सालिमको घाँसभित्र मनको
उफ्रीउफ्री खेलेको देखेर
डाहा गर्ने पापी शिकारीलाई सराप्दै
परेवाका जोडीहरु
शान्तिको सन्देश दिँदै
आकाशिएको हेरेर
आँगनको डिलमा सुस्ताएका सत्यमान
कल्पनाको सागरभित्र
चुर्लुम्यै डुवेर स्निग्ध बनेका
कञ्चन पवित्र भावनाको अन्तरिक्षमा
कावा खाँदै हावामा
अनन्त यात्राका समर्पित मनहरु
सपना साँचेर शहीदको
पौरखी हातले
एकमुठि माटो उठाएर हावामा
कसम खाँदै सत्य र निष्ठाको
मुक्ति जाति र वर्गको
सुन्दर शान्त समृद नेपाल
निर्माण नयाँ युगको
सपना शहीदकोे
सङ्कल्प किसानको ।

 

 

 

 

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ८ : ५४ बजे

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर । लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा

भौतिक विकासको पर्खाइमा डडेल्धुराको पलगडी गाउँ

कञ्चनपुर । डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिका-११ स्थित पलगडी गाउँ आज

पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सफा, स्वच्छ, सुन्दर नगर बनाउने उद्देश्यका

सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन

काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा । समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति