२ श्रावण २०८३, शनिबार | July 18, 2026

गोरखापत्रले परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयको माग र प्रविधिको गतिअनुसार गोरखापत्रले पनि आफूलाई रूपान्तरण गर्न जरुरी रहेको बताएका छन् ।

गोरखापत्र प्रकाशन थालनीको १२३औँ वर्ष प्रवेशका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरोरुपमा उतार्न संस्थाले अझ जिम्मेवार, व्यावसायिक तथा विश्वसनीय भएर अघि बढाउनुपर्ने बताए ।

डिजिटल मिडियाको तीव्र विकास तथा विस्तारसँगै छापा पत्रकारिताको यात्रा थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले गोरखापत्रले आफ्नो परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गरेर नयाँ ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए

“राज्यप्रतिको जिम्मेवारीमा सचेत रहँदै सबै नेपालीले स्वामित्व लिने सामग्री पस्किनुपर्दछ । अब सूचनाका लागि मात्र पत्रिका कुर्ने अवस्था नरहेकाले सामग्रीको गुणस्तर र विविधतामा विशेष ध्यान दिनु जरूरी छ”, प्रधानमन्त्री प्रचण्डले भने ।

राज्यका सबै कामकारबाही पारदर्शी हुनुपर्नेमा जोड दिँदै उनले राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व आमसञ्चारमाध्यमको नै भएको बताए । “नागरिक सुसूचित हुनसक्दा मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्छ”, उनले भने, “राज्यका हरेक अङ्ग र निकायलाई कार्यसम्पादनप्रति जिम्मेवार, उत्तरदायी र सबल बनाउन चौँथो अङ्गका रूपमा सञ्चारमाध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुनसक्दछ ।”

राज्यका हरेक संरचनाको पहरेदारी गर्ने भएकाले सञ्चारमाध्यमलाई ‘वाच डग’का रूपमा लिने गरिएको जनाउँदै उनले सञ्चारमाध्यमको यस भूमिका आगामी दिनमा अझ सशक्त बन्नसक्नुपर्ने बताए ।

सही सूचना र जानकारीबाट सूचित हुने नागरिकको अधिकार प्रत्याभूत गर्न आमसञ्चार जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै उनले आजका सन्दर्भमा आमसञ्चारको भूमिका र योगदान प्रशंसनीय रहेको बताए ।

“गोरखापत्र संस्थान र गोरखापत्रको नेतृत्व सुशासन र समृद्धिको लक्ष्यप्रति जवाफदेही र इमानदार रहेर मात्र आमसञ्चार जगतमा सरकार र सरकारी सञ्चारमाध्यमप्रतिको विश्वसनीयता कायम राख्न र अभिवृद्धि गर्न सकिन्छ”, उनले भने।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय संस्थानको नेतृत्वको इमान्दारिता र कार्यक्षमतामाथि उठेका प्रश्नको व्यवहारद्वारा प्रतिउत्तर दिन पनि ध्यानाकर्षण गराए । “संस्थाको नेतृत्वले जहिले पनि निष्पक्षता, स्वतन्त्रता, संस्थागत एवं पेशागत हित र सुरक्षा, संस्थाभित्र कार्यरत सदस्यको वृत्तिविकास र अभिभावकत्वमा विशेष ध्यान दिनुपर्दछ”, उनले भने । संस्थाप्रति सबैको अपनत्वबोध हुने भौतिक एवं भावनात्मक परिस्थितिको निर्माण गरेर मात्र नेतृत्वले आफ्नो क्षमता प्रस्तुत गर्नसक्ने भन्दै उनले त्यसको बलमा मात्रै संस्थाले थप परिष्करणका साथ उचाइ हासिल गर्नसक्ने बताए ।

नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको गोरखापत्र एउटा पत्रिका मात्र नभई युगको जीवन्त प्रतिनिधि भएको उल्लेख गर्दै उनले आजका मितिसम्म पनि सबैभन्दा विश्वासिलो र सर्वाधिक हेरिने वा पढिने पत्रिका गोरखापत्र भएको बताए । “शताब्दी लामो यात्रा पार गरिसकेको गोरखापत्रको हाम्रो सामाजिक विकास र संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण योगदान छ”, उनले भने ।

नेपाली पत्रकारिताको संस्थागत विकासमा यसको निकै महत्वपूर्ण योगदान रहेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रको इतिहास र सभ्यता जोडिएको यो संस्थालाई अहिलको डिजिटल युग सुहाउँदो बनाउन आन्तरिक सुधार तथा पुनरसंरचना आवश्यक रहेको बताए । “पछिल्ला दिनमा गोरखापत्र तथा अन्य प्रकाशनको ‘ले–आउट डिजाइन’मा भएको परिवर्तनसँगै यसको सामग्रीको प्रस्तुति र गुणस्तरमा देखिएको सुधार स्मरणीय छ, आगामी दिनमा यसलाई थप परिमार्जित र विकसित तुल्याउने जिम्मेवारीसमेत गोरखापत्रमा आबद्ध सञ्चारकर्मी र कर्मचारीको काँधमा छ”, उनले भने ।

नेपालको पहिलो प्रकाशनका रूपमा विसं १९५८ वैशाख २४ गतेदेखि ‘गोर्खापत्र’को प्रकाशन प्रारम्भ भएको हो । विसं १९९१ वैशाख ९ गतेदेखि गोर्खापत्र प्रत्येक हप्ताको शुक्रबार प्रकाशित भएको थियो । अर्धसाप्ताहिकको विसं २००० असोज २९ गते सातामा मङ्गलबार र शुक्रबार गरी दुईपटक प्रकाशन हुँदै विसं २००३ पुस ८ गतेदेखि सातामा तीन पटक प्रकाशित भएको थियो । विसं २०१७ फागुन ७ गतेदेखि दैनिकरूपमा प्रकाशित भएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १२ : १६ बजे

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी

बुटवल कोरा २०२६ : मुक्तिनाथ बाबा साइकलमा सरर… …

बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ