२ श्रावण २०८३, शनिबार | July 18, 2026

गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि हो : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि भएको बताएका छन । आज यहाँ आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानबाट सम्मानितलाई बधाई दिँदै उनले भने, “हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नताबिना यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन ।”

प्रधानमन्त्री प्रचण्डले राणाविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलन हुँदै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनसम्म नेपाली पत्रकारिताले राजनीतिक आन्दोलनको मुख्य सहयोगीको रुपमा आफूलाई उभ्याएको बताए । उनले नेपाली पत्रकारिताका कारण नेपालको लोकतान्त्रिक आन्दोलनका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे ।

“आन्दोलनकै क्रममा कृष्ण सेन इच्छुकसहित कयौंँ पत्रकारले बलिदान गर्नुभएको छ, भने केही बेपत्ता हुुुनुहुन्छ । कयौँ घाइते अपाङ्गता हुनुहुन्छ, भने कयौँले जेल, नेल र यातना भोग्नुभयो । त्यति मात्र होइन, कयौँ राजनीतिक दल अलमलमा रहेको बेलासमेत पत्रकारिता क्षेत्रबाट नै स्पष्टरुपमा नेपालमा गणतन्त्र स्थापना गर्नुपर्छ भनेर संस्थागत रुपमा नै जागरणमूलक अभियान सञ्चालन भएको थियो,” उनले भने ।

प्रधानमन्त्री प्रचण्डले सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्णतः प्रतिवद्ध रहेको बताए ।

उनले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्नेसहित सञ्चार क्षेत्रका तमाम समस्या समाधान गर्न सकारात्मक ढङगले पहल भइरहेको जानकारी समेत दिए ।

उनले सरकारी विज्ञापनहरु विज्ञापन बोर्डमार्फत् न्यायिक ढङ्गले वितरण गर्न, एकीकृत मिडिया विकास कोष स्थापना र पत्रकार, अपाङ्ता भएका पत्रकारहका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी भइरहेकोसमेत जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ३ : ४० बजे

सरकारको नियत ठीक छ, जनतालाई मर्का परे निर्णय तुरुन्त सच्याइन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई