१२ माघ २०८२, सोमबार | January 26, 2026

बागमती करिडोरको सुरु र अन्तिम बिन्दुमा निर्माण सुरु हुन बाँकी



काठमाडौं । निर्माण सुरु भएको साढे दुई दशक बित्दा पनि बागमती करिडोर सडक सुरुको बिन्दु र अन्तिम बिन्दुमा ट्र्याक खोल्न बाँकी रहेको छ ।

काठमाडौँको उत्तर पूर्वी क्षेत्रलाई उपत्यकाको दक्षिणी क्षेत्रसम्म पुर्‍याउने सो करिडोर सडक सुरु बिन्दुमा पर्ने गोकर्णबाट सुन्दरीजलसम्म खुल्न बाँकी रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । यो खण्डको लम्बाइ झण्डै आठ किमी छ । नदीको क्षेत्र २० मिटर रहेकामा अहिले २०र२० मिटर क्षेत्रमा जग्गा व्यक्तिका नाममा रहेकाले जग्गा किनबेच भइरहेको समितिका सूचना अधिकारी इञ्जिनियर कमल अर्यालले बताए ।

त्यस ठाउँमा जग्गा प्राप्त गर्न काठमाडौँ उपत्यका नयाँ सहर आयोजनाले एक लाख रोपनीमा नयाँ सहर बनाउन लागेको उनले बताए । उनले भने, “त्यहाँभित्रबाट जग्गा निकालेर सडक बनाउने योजना छ ।” गोकर्णबाट गुहेश्वरीसम्म दुवैतर्फको सडक खुलिसकेको छ । गुहेश्वरी मन्दिरबाट तिलगङ्गासम्म पशुपति क्षेत्र रहेको छ । तिलगङ्गाबाट जाँदा गाडि चले पनि सडक कच्ची रहेको इञ्जिनियर अर्यालले बताए ।

सडक निर्माणमा समस्या नभएको ठाउँमा खुलिसकेको भए पनि अरु निकायले काम गर्छु भनेका ठाउँमा काम हुन नसकेको जनाइएको छ । गोठाटार पुलबाट गुह्ेश्वरीसम्मको सडक प्रदेश सरकारले निर्माण गर्ने भने पनि बनिसकेको छैन । नदी किनारमा समितिले नै सबै किसिमका काम एकसाथ अघि बढाइरहेको छ । करिडोर सडक निर्माणसँगै नदीको दुवैतर्फ ढल निर्माण, विभिन्न स्थानमा बाँध, किनारमा रहेका मठ, मन्दिरको पुनःनिर्माण, फोहर पानी प्रशोधन केन्द्रको निर्माण अघि बढिरहेको बताइएको छ ।

बागमती करिडोर निर्माणको कार्यक्षेत्र काठमाडौंको बागद्वारबाट कटुवाल दहसम्म छ । जम्मा ४४ किमी यसको लम्बाइ रहेको छ । अन्तिम बिन्दुतर्फ जान अहिले ट्र्याक खोलेर मोर्डन इन्डियन स्कुलसम्म पुगिएको उहाँले बताउनुभयो । खासगरी काठमाडौँ उपत्यकाका मुख्य सडकमा रहेको जाम कम गर्ने उद्देश्यले करिडोर सडक निर्माण सुरु गरिएको थियो ।

बागद्वारबाट कटुवाद दहसम्म दुवैतर्फ जान नसक्ने गरी नहुँदा लक्ष्य पूरा नहुने इञ्जिनियर अर्यालले बताउनुभयो । यसलाई निरन्तर जाने गरी बनाउनुपर्ने उहाँको भनाइ छ । काठमाडौँ उपत्यकामा रहेका सानाठूला धेरै खोलामा करिडोर निर्माणको काम अघि बढाइएको छ । कतै समिति त कतै काठमाडौँ उपत्यका नगर विकास प्राधिकरण र कतै डिभिजन सडक कार्यालयले करिडोर सडकमा निर्माण गरिरहेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ४ : २१ बजे

कर्मचारी कुटपिट गर्नुपर्ने जस्ता अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन