२ श्रावण २०८३, शनिबार | July 18, 2026

सतबाँझ-श्रीभावर-हाट सडक निर्माण तीव्र



बैतडी । सुदूरपश्चिम प्रदेश गौरवको योजनाको रुपमा रहेको बैतडीको सतबाँझ-श्रीभावर-हाट सडक निर्माणले तीव्रता पाएको छ । उक्त योजनाअन्तर्गत सतबाँझ-श्रीभावर खण्डको थप सडक थप १४ किलोमिटर कालोपत्रे हुने भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी हर्कराज जोशीले जानकारी दिए । यसअघि छ किलोमिटरमा कालोपत्रेको काम अन्तिम चरणमा रहेकोमा थप १४ किलोमिटर कालोपत्रे गर्न भ्याटबाहेक रु ५२ करोड ७० लाखमा ठेक्का आह्वान भएको छ । गाडागाउँदेखि कठेगौँडासम्मको उक्त १४ किलोमिटरको सडक कालोपत्रको काम गर्न तीन वर्ष लाग्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

यसका साथै कठेगौँडादेखि थप २० किलोमिटर स्तरोन्नति हुने भएको छ । स्तरोन्नतिका लागि रु १७ करोड ७५ लाखको ठेक्का आह्वान भएको छ । जसमा सडक चौडा पार्ने, वाल लगाउने र ट्रयाक खोल्ने कार्य हुनेछ । यसका साथै श्रीभावर-हाट खण्डदेखि अगाडि साढे १३ किलोमिटर खण्डमा कालोपत्रेको काम धमाधम भइरहेको छ ।

प्रदेश गौरवको यो योजनाले निर्माण सम्पन्न भएमा बझाङ, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकका लागि बैतडी जिल्ला सदरमुकाम जोड्ने द्रुत मार्गका रुपमा प्रयोग हुनेछ । साथै भारतीय सीमानाका झुलाघाटका लागि समेत छोटो बाटोको रुपमा प्रयोग हुने भएकोले व्यापार व्यवसाय बढाउन मद्दत पुग्ने सुर्नया गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर विष्टले बताए ।

आर्थिक वर्ष २०५५/५६ सालमा यो सडकको शिलान्यास गरिएको भए पनि प्रदेश सरकार आएपछि गति लिएको छ । शुरुमा ट्रयाक खोल्नमै ढिला भएकोमा प्रदेश सरकारले यो सडकलाई गौरवको योजनाको रुपमा राखेपछि हाल स्तरोन्नतिको कामले तीव्रता पाएको हो । लामो समयपछि सडक निर्माणले गति लिएपछि स्थानीय नागरिक पनि खुसी भएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ७ : ३७ बजे

सरकारको नियत ठीक छ, जनतालाई मर्का परे निर्णय तुरुन्त सच्याइन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई