१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नवाजुद्दिन र परिवारविरुद्धको मुद्दा फिर्ता लिने आलियाको घोषणा



मुम्बई । अभिनेता नवाजुद्दीन सिद्दीकी र उनकी पत्नी आलिया सिद्दीकी निजी जीवनका कारण चर्चामा छन् । हालैमात्र आलियाले नवाजुद्दीन र उनकी आमाविरुद्ध आफुमाथि कुटपिटको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् ।

यिनै आलियाले सञ्जालमा नवाजले गरेको गल्तीलाई माफी दिँदै मुद्धा फिर्ता लिएर भविष्य उज्जवल बनाउने घोषणा गरेकी छन् । उनले अतितको चक्रव्यूमा फस्नु राम्रो नभएकाले गल्ती पुनः नदोहो¥याउने प्रतिबद्धता जनाउँदै सन्तानको भविष्यका लागि यो निर्णय लिएको उल्लेख गरेकी छन् ।

‘हेल्लो नवाज, यो चिठी तिम्रा लागि हो । मैले कैयौं स्थानमा सुने र पढे कि जिन्दगी चलिरहनुपर्ने विषय हो । हामीबीच केही महिनाअघिसम्म जे भए, म यी सबै कुरालाई भुलेर आफ्नो इश्वरमाथि आस्था राख्दै उनको प्रेरणाबाट आफ्नो गल्तीको लागि माफी माग्छु । तिम्रो गल्तीलाई माफी दिँदै अगाडि बढेर भविष्यलाई राम्रो बनाउने कोशिस गर्नेछु । अतितमा फस्नु भनेको कुनै चक्रव्यूमा फस्नु जस्तै हो । यसकारण अतितलाई पछाडि छोडेर यस्ता गल्ती फेरी नदोहोर्‍याउने प्रतिबद्धताका साथ हामी बच्चाको भविष्यमा उज्यालो प्रकाश छर्ने प्रण लिन्छौं’, उनले लेखेकी छन् ।

उनले नवाजुद्दीन र उनको परिवारमाथि आफूले लगाएको सबै मुद्धा फिर्ता लिने उल्लेख गरेकी छन् । उनले आफूलाई नवाजुद्दीनको कुनै आर्थिक सहयोग पनि नचाहिएको र उनीबाट आर्थिक आशा पनि नराखेको जनाएकी छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ११ : ०४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा