१७ बैशाख २०८२, बुधबार | April 30, 2025

भैरहवाबाट काठमाडौं उडेको श्री एअरको जहाजमा समस्या देखिएपछि बीचबाटै फर्कियो



काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको जहाज बीचबाटै भैरहवा फर्किएको छ ।

एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाजमा समस्या देखिएपछि भैरहवा नै फर्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । भैरहवा विमानस्थलमै अवतरण गरेपछि पनि जहाजमा फेरि समस्या देखिएको छ ।

अवतरणपछि जहाजको पाङ्ग्रा लक भएको छ । पाङ्ग्रा लक भएपछि धावनमार्गबाट जहाज गुड्न सकेको छैन । जसका कारण काठमाडौंबाट भैरहवाका लागि उडेको यति एअरलाइन्सको एउटा जहाज काठमाडौंमा नै फर्किएको छ ।

धावनमार्गमा रहेको श्रीएअरको जहाजलाई अहिले प्राविधिकको सहयोगमा हटाउने काम भइरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । धावनमार्गबाट जहाज हटाएपछि मात्रै भैरहवा विमानस्थलबाट अरु उडान र अवतरण सुरु हुनेछ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ११ : १८ बजे

प्रचण्डले गरे पुनर्वासका सहिद परिवारलाई सम्मान

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

आगामी बजेटमार्फत जनतालाई राहत दिनुपर्छ : हितराज पाण्डे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज

१८ औं मनमोहन स्मृति वडा स्तरीय फुटबल प्रतियोगिता बुटवलमा भोलीबाट सुरु

बुटवल । १८ औं संस्करणको मनमोहन स्मृति वडा स्तरीय नकआउट

जनमत र नागरिक उन्मुक्तिबीच आज एकता हुँदै, पार्टीको नाम ‘नाजपा’ रहने

काठमाडौं। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच आज पार्टी

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल