१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु



काठमाडौं । संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सोमबार सिंहदरबारमा परिषद्को बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन् । शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड र विपक्षी दलका नेता ओलीबीच सोमबार बैठक बोलाउने सहमति भएको थियो ।

आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल गर्ने बताइएको छ ।

संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीसहित विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष र प्रतिनिधिसभाको उपसभामुख रहने व्यवस्था छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ७ : ०३ बजे

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा