३१ बैशाख २०८३, बिहिबार | May 15, 2026

नेपालगञ्जका ठेला व्यवसायीलाई नम्बर प्लेट



नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका ठेला व्यवसायीलाई परिचयपत्रसँगै क्युआर कोडसहितको नम्बर प्लेट प्रदान गरेको छ ।

ठेलालाई व्यवस्थापन गर्न परिचयपत्र र नम्बर प्लेट प्रदान गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए । जथाभावी ठेला राख्ने प्रवृत्तिको अन्त्य गर्न नम्बर प्लेट र परिचयपत्र उपलब्ध गराएर व्यवस्थित बनाइएको उनको भनाइ छ । यसबाट नगरको सौन्दर्य बढाउन पनि सहयोग गर्ने विश्वास लिइएको छ । परिचयपत्र र नम्बर प्लेट प्रदान गर्दै उनले भने, “अनाधिकृत रुपमा ठेला राख्ने कार्य अब बन्द हुन्छ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक तिलक सुनारले मुख्य चोकका भित्री गल्लीमा व्यवस्थित गरिकाले ठेला राख्न पाउने गरी व्यवस्थापन गरिएको बताए । वडा नम्बर १२ का वडाध्यक्ष तरुणकुमार बज्राचार्यले नर्सिङ होम क्षेत्रका ठेलालाई भेरी प्राविधिक शिक्षालय जाने बाटोमा निर्मित सटरमा व्यवस्थापन गरिने बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाले गरेको आह्वान बमोजिम हालसम्म एक सय नौ ठेला दर्ता भएका छन् । ती ठेलालाई परिचयपत्र र नम्बरप्लेट प्रदान गरिएको छ । आज मात्रै ४३ ठेला व्यवसायीले परिचयपत्र र नम्बर प्लेट लिएर आ-आफ्नो तोकिएको क्षेत्रमा गएका छन् । नेपालगञ्ज क्षेत्रमा नेपाली व्यवसायीले मात्रै सञ्चालन गरेका ठेलाको सङ्ख्या १५० को हाराहारी छ । ठेला दर्ता गर्न नेपाली नागरिकता अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ७ : ३३ बजे

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित

प्रतिपक्षको बहिष्कारका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने