४ श्रावण २०८३, सोमबार | July 21, 2026

बुटवल-नारायणगढ सडक यथाशीघ्र निर्माण सम्पन्न गराउन सांसद घिमिरेको माग



काठमाडौं । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले बुटवल-नारायणगढ सडक यथाशीघ्र निर्माण सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद घिमिरेले समयमैं निर्माण सम्पन्न नहुँदा धुलोले स्थानीय बासिन्दा र यात्रुहरुको स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गरे ।

सडक निर्माणमा ढिलाइ हुँदा यात्रुहरू अत्यन्त कष्ठकर यात्रा गर्न बाध्य भएको बताउँदै सांसद घिमिरेले सडकको हैसियत बिग्रिँदा ३ घण्टामा सकिने सडक यात्राको लागि अहिले ७ घण्टासम्म लाग्ने गरेको बताए । बिग्रिएको सडक भएकोले सवारीसाधनले पेट्रोलियम पदार्थ बढी खपत गर्दा र बिग्रिँदा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा करोडौं रकम विदेशिएको सांसद घिमिरेको भनाइ छ ।

पूर्वपश्चिम राजमार्गको सबैभन्दा व्यस्त बुटवल-नारायणगढ सडक खण्डमा दैनिक साना-ठूला ५० हजारभन्दा बढी सवारीसाधन गुड्छन् ।

गत साउन महिनाभित्र निर्माण सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७५ माघ २४ गते यो सडक विस्तारको ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौताको चार वर्ष बितिसक्दा ११४ किलोमिटरको यो सडकको ३० प्रतिशत काम मात्र पूरा भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ७ : ५५ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा