११ भदौ २०८३, बिहिबार | August 27, 2026

कोशीको विरोधमा आक्रमक बन्दै आन्दोलन : दमकमा गोली चल्यो, १० सुरक्षाकर्मी घाइते



झापा । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै सुरू भएको दोसो चरणको आन्दोलनको पहिलो दिनमा झडप हुन पुगेको छ । झापाको दमकमा मंगलबार साँझ राँके जुलुससहित बिरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरी बिच मुढभेड हुदाँ आन्दोलनले उग्र रुप लिएको छ ।

झडपको क्रममा प्रहरीले गोलीसमेत चलाएको छ । सो आन्दोलनमा परी १० जना प्रहरी र २ जना आन्दोलनकारी घाइते हुन पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापका अनुसार सो झडपमा परेर इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामासहित १० सुरक्षाकर्मी घाइते हुन पुगेका छन् भने प्रदर्शनकारीतर्फ पनि दुई जना घाइते भएका छन् ।

यसरी घाइते हुने प्रदर्शनकारीहरूमा दिक्षा क्षेत्री र गजेन्द्र फागो रहेका छन् । दुवैतर्फको घाइतेको स्थानिय अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।

दमकको पश्चिम बस स्ट्याण्डबाट गणतन्त्र चोकतर्फ ठूलो संख्यामा प्रदर्शनकारीहरू मसालसहित सडकमा निस्किएका थिए। सुरक्षाकर्मीले प्रदर्शनकारीहरूले बोकेको मसाल खोस्न खोजे पछि स्थीति तनावग्रस्त बन्न पुगेको स्थानियले जनाएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ९ : ३८ बजे

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल