२७ भदौ २०८३, शनिबार | September 12, 2026

सीमावर्ती बजारमा भारतीयभन्दा नेपाली रुपैयाँ बलियो



रौतहट। केही सातायता गौर र यसको सीमावर्ती भारतीय सहर बैरगनिया, सितामढीमा भारतीय रुपैयाँ अवमूल्यन हुँदा नेपाली रुपैयाँ बलियो बनेको छ ।

विगतमा गौरमा भारतीय रुपैयाँ हात पर्दा दंग पर्ने नेपाली व्यापारीहरू अहिले नाक खुम्च्याउन थालेका छन् । यसको कारण हो, भारतीय रुपैयाँको सरकारी तथा आधिकारिक विनिमय दरभन्दा कम विनिमय मूल्य पाउनु ।

हाल १ सय भारतीय रुपैयाँको मूल्य १५५ नेपाली रुपैयाँभन्दा तल झरेको छ । सामान्य अवस्थामा १ सय भारतीय रुपैयाँको नेपाली मूल्य १ सय ६० रुपैयाँ हुन्छ । नेपाली र भारतीय मुद्राबीचको कारोबारलाई स्थानीय भाषामा ‘बट्टा’ दर भनिन्छ । पुसभन्दा अघि भारतका व्यापारीले नेपाली रुपैयाँ अवमूल्यन गरेर १ सय भारतीय रुपैयाँका लागि १६५ नेपाली रुपैयाँसम्म लिन्थे ।

गत पुसको तेस्रो सातादेखि आश्चर्यजनक रुपमा भारतीय बजारका व्यापारीहरूले नेपाली उपभोक्तासँग लिने ‘बट्टा’ घटाउँदै लगे । पुस अन्त्यसम्ममा यो ‘बट्टा’ दर घटेर १६० रुपैयाँमा झ¥यो । त्यसको एक महिनापछि अर्थात् माघदेखि आश्चर्यजनक रुपमा भारतीय बजारमा नेपाली रुपैयाँ भारुभन्दा बलियो हुन पुग्यो । अर्थात् भारतमा सुरुमा नेपाली १५८ रुपैयाँले भारु १ सय बराबर मान्यता पायो । त्यसपछि दैनिक ‘बट्टा’ दर झरेर अहिले नेपाली १५५ रुपैयाँ बराबर भारु १ सय रुपैयाँ बराबरको मान्यता पाएको छ ।

नेपाल भएर भारततर्फ तस्करी हुने चिनियाँ सुन र लागुऔषध गाजाका कारण सीमावर्ती भारतीय बजारहरुमा ठूलो परिमाणमा नेपाली मुद्राको माग बढेर नेपाली मुद्राको मूल्य बढेको जानकारहरु बताउछन् ।

नेपाली तथा चिनियाँ व्यापारीहरूले यी दुवै वस्तुको भुक्तानी भारतीय व्यापारीहरूसँग नेपाली मुद्रामा गर्न चाहन्छन्, यस्तो अवस्थामा करोडौं रुपैयाँ नेपाली मुद्राको माग हुन थालेकोले भारतीय सुन तथा लागुऔषध कारोबारीहरूले भारतीय बजारमा आएको नेपाली रुपैयाँ महँगो मूल्यमा खरिद गरेर नेपाली मुद्रालाई महत्त्व दिन थालेका हुन् ।

यसैगरी चिनियाँ सुन मात्र नभई गरम मसला र सिल्कको धागोको अवैध कारोबार पनि नेपाली र भारतीय व्यापारीहरुबीच बढेकाले भारतीय बजारमा भारुको तुलनामा नेपाली मुद्रा बलियो भएको हो ।

यसबाहेक भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित रहेकाले नेपालमा मदिरा सेवन तथा खरिदको माध्यमबाट पनि ठूलो परिमाणमा भारु नेपालमा आइरहेको छ । यसरी नेपालीले सहजै भारु पाउदा उनीहरुले किनमेलका लागि भारतीय बजारमा बट्टा तिरेर नेपाली रुपैयाँ पनि ल्याउन कम गरेकाले भारतमा नेपाली मुद्रा बलियो भएको उनको बुझाइ छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १२ : २६ बजे

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक