५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कांग्रेसका युवा नेतासँग गृहमन्त्री श्रेष्ठले भने- भ्रष्टाचारको नेक्सस् नतोडेसम्म राष्ट्र बन्दैन



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने बताएका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा गरेको कार्यप्रति ऐक्यबद्धता जनाउन आएका कांग्रेसका युवा नेतासँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने भएकोले सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास दिलाएका हुन् ।

रन्जित कर्ण, गुरुराज घिमिरे, गोविन्द पोखरेल, भूपेन्द्रजंग शाही, मधु आचार्य लगायतका कांग्रेस नेताहरुको टीमले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पछिल्ला कदमप्रति ऐक्यबद्धता जनाएका हुन् । सोही क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकार गम्भीर भएर लाग्ने बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतका नेता तथा उच्च तहका कर्मचारी मुछिएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ३ : ४० बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ