११ भदौ २०८३, बिहिबार | August 27, 2026

मलेसियामा हुने १९ औं अन्तराष्ट्रिय ओकिनावा गोजुरियो ईपोसिटी कराँते प्रतियोगितामा भाग लिने टोलीलाई ओलीले गरे विदाई



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीका संरक्षक केपी शर्मा ओलीले मलेसियाको ईपोसिटीमा आयोजना हुने १९ औं अन्तराष्ट्रिय ओकिनावा गोजुरियो ईपोसिटी कराँते प्रतियोगितामा भाग लिने नेपाली टोलीलाई विजयीको शुभकामनासहित विदाई गरेका छन ।

ओली निवास बालकोटमा मंगलबार सांझ आयोजित एक कार्यक्रममा उनले खेलाडीहरुलाई नेपालको झण्डा हस्तान्तरण गर्दै विजयी हासिल गरी नेपालको नाम चम्काएर फर्किन शुभकामना दिए ।

मे १२,१३ र १४ गते मलेसियाको ईपोसिटीमा आयोजना हुने प्रतियोगितामा नेपालबाट ६ देखि १५ उमेर समुहका १० जना खेलाडी र ३ जना अफिसियल गरी १३ जनाको टोली आज मलेसिया प्रस्थान गर्दैछ ।

उनीहरु नेपाल वादरियो कराँते डो संघका तर्फबाट ती खेलाडीहरुले प्रतियोगितामा भाग लिदैछन् । टोलीको नेतृत्व कोच मोहम्मल वलीले गरेका छन ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले संयोजन गरेको उक्त शुभकामना तथा विदाई कार्यक्रममा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलाडीहरु उत्पादन र क्षमता वृद्धिका लागि एकेडेमी सधै समर्पित रहेको बताए । उनले खेलाडीहरुको टोलीलाई एकेडेमीको तर्फबाट एक लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरे ।

सो अवसरमा एकेडेमीका सल्लाहकार दीपक ज्ञवालीले प्रतियोगिता, नेपालको सहभागिता र सहभागि बारे चर्चा गरेका थिए । कार्यक्रममा एकेडेमीका केन्द्रीय उपाध्यक्ष राजेश बज्राचार्य, उपमहासचिव सुवर्णा श्रेष्ठ लगायत पदाधिकारीहरु र सदस्यहरुको सहभागिता रहेको थियो । खेलाडीहरु प्रस्थान गर्नु पूर्वसन्ध्यामा एकेडेमीले खेलाडीहरुलाई रात्रिभोज दिएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ५ : २१ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक