१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बुटवलको सुखौरा खोला सरसफाई अभियान



बुटवल । बुटवल उपमहानगरपालिकाले सुखौरा खोलाको सरसफाइ अभियान चलाएको छ । खोलामा फोहोरका कारण दुर्गन्ध फैलिएको, डेंगुजस्ता रोग फैलिएको भन्दै बुटवल उपमहानगरपालिकाले वडा नं ४, ६, ७ र ८ मा पर्ने सुखौरा खोला सरसफाई अभियान थालेको हो ।

अभियानको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका खोलानालामा फोहोर फाल्ने प्रवृत्ति बढ्दै गएको र यसले दुर्गन्ध र रोगव्याधी फैलाएकोले सरसफाइ अभियान चलाइएको बताए ।

उनले सुखौरा खोला सफाइ गरेपछि बसपार्क र मुख्य सडकहरु सफा गर्ने अभियान चलाइने बताए । प्रमुख पाण्डेयले सार्वजनिक स्थल र खोलानालाहरुमा फोहोर नफाल्न आह्वान गर्दै आफुले गरेको फोहोर आफै व्यवस्थापन गर्नुपर्ने बताए ।

कार्यक्रममा वडा नम्बर-४ का अध्यक्ष नरिश्वर पौडेलले खोलाक्षेत्रमा फोहोर फाल्नेलाई कानुनबमोजिम कारबाही हुने बताए ।
फोहोर व्यवस्थापन शाखाका प्रमुख ठगिश्वर पोखरेलले बुधबारदेखि ३ दिनसम्म हरेक दिन बिहान ७ बजेदेखि खोला क्षेत्रको सरसफाई शुरु हुने बताए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ५ : २९ बजे

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका