३ पुस २०८२, बिहिबार | December 18, 2025

बार्सिलोनाका कप्तान बुस्केट १८ बर्ष पछि क्लब छाडने निर्णयमा



काठमाडौं । बार्सिलोनामा आवद्ध भएको १८ वर्षपछि कप्तान सर्जियो बुस्केटले क्लब छाडने भएका छन् । जारी सिजनको अन्तबाट कप्तान बुस्केटले बार्सिलोना छाड्ने निर्णय गरेका हुन ।

३४ वर्षीय बुस्केटले बार्सिलोनाका लागि ७ सय १८ खेल खेलेका छन् भने बार्सिलोनाबाट सर्वाधिक धेरै खेल्ने तेस्रो खेलाडीको रुपमा बुस्केटको नाम अंकित भएको छ ।

‘१८ बर्षको बार्सिलोनासँगको यात्रा अविष्मरणीय रह्यो । म सानैमा पनि सधैं बार्सिलोनाको जर्सिमा नै मैदानमा खेलेको सपना देख्थें, जुन सपना मैले सोचेको भन्दा लामो समयसम्म जारी रह्यो’ उनले भने, ‘धेरै वर्षदेखि बार्सिलोना र फुटबल प्रेमीहरुबाट पाएको यो सम्मान र अवसरले मलाई धेरै थोक र अविश्मरणीय यादहरु दिएको छ । यो अवसर सिर्जना गर्ने क्लब र सबै समर्थक र सहकर्मी प्रति धन्यवाद दिन चाहन्छु ।’

उनको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले ८ वटा लालिगा उपाधि, ७ वटा कोपा डेल रे, ७ वटा स्पेनिस सुपर कप र तीन च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

२००५ मा युथ खेलाडीको रूपमा बी डिभिजनमा आबद्द भएका बुस्केट २००८ मा सिनियर टिममा डेब्यु गरेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ८ : ०४ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन