४ पुस २०८२, शुक्रबार | December 20, 2025

एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान फाइनल नजिक



काठमाडौं । इन्टर मिलानले एसी मिलानलाई पराजित गरेको छ । युइएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले एसी मिलानलाई २-० ले पराजित गरेको हो ।

बुधबार राती मिलान डर्वीमा भएको खेलमा एसी मिलानलाई २-० ले पराजित गरे पछि इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

पहिलो हाफको ८ औं मिनेटमा इडेन जेकोले पहिलो गोल गर्दै इन्टरलाई १-० को सुरुवाती अग्रता दिलाएका थिए, त्यसको केही मिनेट पछि अर्थात ११ औं मिनेटमा हेनरिक मिखटरयानले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए ।

पहिलो हाफमा नै २-० को अग्रता लिएको भए पनि इन्टरले त्यसपछि कुनै गोल गर्न सकेन । दुवैतर्फवाट थप कुनै गोल हुन नसके पछि अन्ततः खेल २-० को अन्तरमा इन्टर बिजयी भयो ।

यो पछिल्लो जीतसँगै इन्टरले मिलानलाई तेस्रो पटक पराजय गर्न सफल भएको छ ।
 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ८ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको