२ पुस २०८२, बुधबार | December 18, 2025

पदाधिकारी बैठकअघि देउवाले भेटे प्रधानमन्त्री प्रचण्डलाई



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

पार्टीको पदाधिकारी बैठकअघि सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना विश्वासपात्र नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउपरेपछि तनाबमा रहेका देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् । सो बैठकले खाँणलाई निलम्बन गर्ने या नगर्ने भन्नेबारे निर्णय गर्ने बताइएको छ । बुधबार बसेको बैठकमा खाँणलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो ।

देउवाले पार्टीका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा बालुवाटार पुगेका हुन् ।

तर, सो भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल नभएको र सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण बुधबार पक्राउ परेका थिए । एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।

 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  २ : ०४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल