६ श्रावण २०८३, बुधबार | July 22, 2026

एमाले गणतन्त्र, संघीयता, समाबेशिता, धर्मनिरपेक्षताको पक्षमा थिएन र छैन : बलदेव



दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिब चक्रपाणि खनाल(बलदेव)ले संघीयताको सवालमा एमालेसंग लडाइँ पहिले देखी नै जारी रहेको बताएका छन् । जेष्ठ कम्युनिष्ट मंच र सल्लाहकार समितिको शनिवार देउखुरीमा आयोजित बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमाले गणतन्त्र , संघीयता, समाबेशिता,धर्मनिरपेक्षताको पक्षमा नरहेको बताए ।

उनले बाध्य भएर एमाले माओवादी केन्द्रको नीतिमा आएको उनको भनाई छ । उनले राजनीति परिवर्तनलाई संस्थागत गर्न पनि परिवर्तनकारी शक्ति जबर्जस्त अगाडि आउनु पर्ने बताए । भ्रष्टाचार अन्त्य माओवादी बाहेक अरुले गर्न नसक्ने दाबि गर्दै उन भ्रष्टाचारको निर्मुलको लागी सबैको सहयोग आवस्यक रहेको पनि बताए ।

कार्यक्रममा बोल्दै माओवादी पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बरालले उत्पादन सम्बन्धले पारेको प्रभावमा पार्टीलाई कसरी स्थापित गर्ने भन्ने कुरा महत्त्वपूर्ण भएको बताए । उनले सरकार र प्रतिनिधिले गर्ने कामको जनताले पनि मुल्यांकन गरिरहेको बताउँदै माओवादीबाट मन्त्री भएकाहरुलाई जनपक्षीय काम गर्न सुझाव दिए ।

सल्लाहकार समितिका अध्यक्ष नरबहादुर अधिकारीले पार्टीको निति कार्यक्रमलाई जनस्तर सम्म पुर्याउन बौद्धिक बर्ग सल्लाहकारहरुको महत्त्वपूर्ण भुमिका हुने भएकाले सोहि अनुसार जनतामा जानु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : १५ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको