२३ बैशाख २०८१, आइतबार | May 5, 2024

एमाले गणतन्त्र, संघीयता, समाबेशिता, धर्मनिरपेक्षताको पक्षमा थिएन र छैन : बलदेव



दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिब चक्रपाणि खनाल(बलदेव)ले संघीयताको सवालमा एमालेसंग लडाइँ पहिले देखी नै जारी रहेको बताएका छन् । जेष्ठ कम्युनिष्ट मंच र सल्लाहकार समितिको शनिवार देउखुरीमा आयोजित बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमाले गणतन्त्र , संघीयता, समाबेशिता,धर्मनिरपेक्षताको पक्षमा नरहेको बताए ।

उनले बाध्य भएर एमाले माओवादी केन्द्रको नीतिमा आएको उनको भनाई छ । उनले राजनीति परिवर्तनलाई संस्थागत गर्न पनि परिवर्तनकारी शक्ति जबर्जस्त अगाडि आउनु पर्ने बताए । भ्रष्टाचार अन्त्य माओवादी बाहेक अरुले गर्न नसक्ने दाबि गर्दै उन भ्रष्टाचारको निर्मुलको लागी सबैको सहयोग आवस्यक रहेको पनि बताए ।

कार्यक्रममा बोल्दै माओवादी पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बरालले उत्पादन सम्बन्धले पारेको प्रभावमा पार्टीलाई कसरी स्थापित गर्ने भन्ने कुरा महत्त्वपूर्ण भएको बताए । उनले सरकार र प्रतिनिधिले गर्ने कामको जनताले पनि मुल्यांकन गरिरहेको बताउँदै माओवादीबाट मन्त्री भएकाहरुलाई जनपक्षीय काम गर्न सुझाव दिए ।

सल्लाहकार समितिका अध्यक्ष नरबहादुर अधिकारीले पार्टीको निति कार्यक्रमलाई जनस्तर सम्म पुर्याउन बौद्धिक बर्ग सल्लाहकारहरुको महत्त्वपूर्ण भुमिका हुने भएकाले सोहि अनुसार जनतामा जानु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : १५ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ