२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सकियो एमाले केन्द्रीय कमिटी बैठक, छोराछोरी अभियान चलाउने निर्णय(विज्ञप्तिसहित)



काठमाडौं । तीन दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ ।

बैठकले एमालेले वर्षैभरि केन्द्रीय सदस्यलाई मिसन ग्रासरूटकै भूगोलमा खटाउने निर्णय गरेको छ । पार्टी गतिविधिलाई थप रचनात्मक, सिर्जनात्मक बनाउने र मातहतका कमिटीको अधिवेशन गराउँदै एमालेलाई क्रियाशील बनाउन केन्द्रीय सदस्यलाई ग्रासरुटमापठाउने निर्णय भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीमा युवाको आकर्षण कमजोर बनेको निष्कर्ष निकालेका थिए । कतिपय केन्द्रीय सदस्यले छोराछोरीलाई समेत सम्झाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नवोदित पार्टीमा मत गएको बताएका थिए ।

पार्टीमा युवा पुस्ताको आकर्षण बढाउन, बाबुआमा एमालेमा प्रतिबद्ध हुने, छोराछोरीले कम्युनिष्ट पार्टी के हो नबुझ्ने अवस्था नहोस् भनेर छोराछोरी अभियान चलाउन लागिएको एमाले जनाएको छ ।

यस्ता छन् निर्णयहरु :

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : ३६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले