३ चैत्र २०८२, मंगलबार | March 17, 2026

आजबाट राप्रपा केन्द्रीय समिति बैठक सुरु हुने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजबाट सुरु हुदैँछ । धुम्बाराही, काठमाडौंमा आजबाट सुरु हुने केन्द्रीय समिति बैठक जेठ ३ सम्म चल्नेछ ।

आजबाट सुरु हुने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिर्पोटिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिनेछ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले भावि कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने तथा सोही बैठकले पार्टीको आगामी कार्ययोजना र कार्यदिशाका बारेमा आफनो धारणा बनाउने जनाईएको छ ।

गत बैशाख ३०-३१ गते बस्ने भनिए पनि तयारी नभएको भन्दै बैठक आजका लागि सारिएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ६ : ४३ बजे

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन

हुरीबतासबाट रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै