११ भदौ २०८३, बिहिबार | August 27, 2026

महिलालाई अश्लिल तस्बिर पठाएको आरोपमा एक जना पक्राउ



काठमाडौं । महिलालाई अश्लिल तस्बिर पठाएर हैरानी दिएको तथा चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  स्याङ्‍जा पुतलीबजार नगरपालिका-३ घर भई ठमेल बस्ने ४८ वर्षीय नन्दलाल शर्मालाई साइबर ब्युरोले पक्राउ गरेको हो ।

उनलाई सोमबार पोखराबाट पक्राउ गरेको ब्युरो प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए । उनले एक महिलालाई सामाजिक सञ्जालबाट चिनजान गरी बैंकमा ऋण मिलाइदिन्छु भनेर भेटघाट गरी प्रलोभन समेत दिएको अनुसन्धानमा देखिएको छ ।

कुराकानी गर्दै पीडितलाई माया गर्ने भनेर विश्वासमा पारेर सँगै बसेका तस्बिरहरू गोप्य रूपमा खिचेर भिडियो समेत खिचेका थिए । पछि आफूले बोलाउँदा नमानेपछि उनले तस्बिर, भिडियो देखाएर हैरानी दिएको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै, उनले ती तस्बिर र भिडियोहरू पीडित महिला, आफन्त एवं साथी भाइलाई समेत पठाएर चरित्र हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ६ : २५ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि