१३ बैशाख २०८३, आइतबार | April 27, 2026

आईपीएल : मुम्बईमाथि लखनउको रोमाञ्चक जित



काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टले मुम्बई इन्डियन्सलाई ५ रनले हराएको छ ।

गएराती सम्पन्न खेलमा लखनउले दिएको १७८ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै १७२ रन मात्र बनाएपछि खेल ५ रनले हारेको हो ।

मुम्बईका लागि इशान किशनले सर्बाधिक ५९ रन बनाए भने कप्तान रोहित शर्माले ३७, टिम डेभिडले अविजित ३२, नेहाल वाढेराले १६ रन बनाएका थिए । त्यस्तै लखनउका बलर यश ठाकुर र रवि विश्नोईले २-२ विकेट लिए भने मोशिन खानले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाउदै १७७ रन बनाएको थियो । लखनउका लागि मार्कस स्टोइनिसले आक्रामक ब्याटिंग गर्दै ४७ बलमा अविजित ८९ रन बनाएका थिए । त्यस्तै कप्तान क्रुनाल पाण्डेयले ४२ खेलमा ४९ रन बनाएर रिटायर्ड हर्ट भएका थिए । त्यस्तै क्वेंटन डिककले १६ रन बनाए ।

त्यस्तै मुम्बईका बलर जासन बेहरेनडोर्फ़ले २ विकेट लिए भने पियुष चावलाले एक विकेट लिए । यो जितपछि लखनउको १३ खेलमा १५ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बईको १३ खेलमा १४ अंक रहेको छ र चौथो स्थानमा झरेको छ ।

आईपीएलमा बुधबार साँझ पन्जाव किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल हुँदैछ । खेल साँझ पौने ८ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ६ : २२ बजे

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र