४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

आज ३० औं मदन आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाईदै



काठमाडौं । आज ३० औं मदन आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन ।

२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरी ‘मदन-आश्रित स्मृति दिवस’ मनाईदै छ ।

अबको शताब्दीमा ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट सत्ता कब्जा गर्नुपर्छ भन्ने नयाँ कम्युनिष्ट मान्यता स्थापित गराउने नेतालाई सम्झना गर्ने दिनको रुपमा पनि आजको दिनलाई लिईन्छ ।

मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रिय कार्यालय र माताहातका कमिटीसहित तीनका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मदन-आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गरी दिवगंत नेताहरुको सम्झना गरिन्छ ।

‘बन्दुकको नालबाट मात्रै सत्ता कब्जा हुन्छ’ भन्ने परम्परागत कम्युनिष्ट मान्यतालाई चिर्दै ‘जनताको मतद्धारा नै सत्ता कब्जा हुन्छ’ भन्ने मान्यताका साथ ‘जनताको बहुदलीय जनबाद’ (जबज) सिद्धान्तका प्रतिपादक नेताको रुपमा मदन भण्डारीलाई कम्युनिष्ट आन्दोलनको इतिहासमा सम्झिन्छ ।

सो सिद्धान्त प्रतिवादन गरे पछि भण्डारीलाई पुजिँवादी मुलुकका अमेरिकन मिडियाहरुले जिवित ‘कार्ल माक्र्स’ भनेर संसारभर चिनाउने प्रयास गरेका थिए । उनको सिद्धान्तपछि विश्वभरीका कम्युनिष्टहरु ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट श्रमजीवि वर्गको सत्ता स्थापनाका लागि लाग्नुपर्छ भनेर प्रेरित हुन पुगेको राजनीतिक विश्लेषकहरुले भन्दै आएका छन्  ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ६ : ४० बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन