४ पुस २०८२, शुक्रबार | December 19, 2025

जापानमा भएको बस दुर्घटनामा २ नेपाली बिद्यार्थीको मृत्यु



काठमाडौं । जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली बिद्यार्थीको मृत्यु भएको छ।

जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुदाँ दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो ।

जापानी सञ्चारमाध्यमका अनुसार गत मंगलबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा नकाभ्रेका नवराज तामाङ र युवराज थापा रहेक छन् ।  थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि जापानी मिडियाले जनाएका छन् ।

जापानी मिडियाका अनुसार सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो, जसमा दुई नेपालीसहित तीन जनाको मृत्यु हुन पुग्यो । बसमा खराबी देखिए पछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिराखेको अवस्थामा ट्रकलेआएर ठक्कर दिएको हो ।

एक्सप्रेस रोडमा रोकिराखेको बसलाई ट्रकको ठक्करपछि सो बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो। उक्त बसमा चालक दलका सदस्य सहित ४० जना थिए, जसमा दुई नेपालीसहित तीनजनाले ज्यान गुमाए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ८ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको