३ चैत्र २०८२, मंगलबार | March 17, 2026

लामो दुरीको गाडी भाडा घट्यो



काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएलगत्तै लामो दुरीको सार्वजनिक यातायातको भाडा घटेको छ ।

निगमले मंगलबार डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले लामो दुरीमा चल्ने बस र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो । नयाँ भाडादर आजैदेखि लागुहुने विभागले जनाएको छ ।

यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले भाडा घटेको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ४ दशमलव १९ प्रतिशतले घटेको छ। यस्तै तराईको बाटामा सञ्चालन हुने मालवाहक सवारीमा ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ।

अन्तर प्रदेशको भाडा संघीय सरकारले र अन्तरपालिकाको भाडादर प्रदेश सरकारले निर्धारण गर्छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १० : २६ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन