२४ बैशाख २०८१, सोमबार | May 7, 2024

लामो दुरीको गाडी भाडा घट्यो



काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएलगत्तै लामो दुरीको सार्वजनिक यातायातको भाडा घटेको छ ।

निगमले मंगलबार डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले लामो दुरीमा चल्ने बस र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो । नयाँ भाडादर आजैदेखि लागुहुने विभागले जनाएको छ ।

यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले भाडा घटेको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ४ दशमलव १९ प्रतिशतले घटेको छ। यस्तै तराईको बाटामा सञ्चालन हुने मालवाहक सवारीमा ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ।

अन्तर प्रदेशको भाडा संघीय सरकारले र अन्तरपालिकाको भाडादर प्रदेश सरकारले निर्धारण गर्छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १० : २६ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,