१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

बढ्यो गाडीभाडा, कहाँबाट कहाँ पुग्दा कति लाग्छ भाडा ? (विवरण सहित)



काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा बृद्धि गरेको छ । सोमबारबाट लागु हुने गरी सरकारले गाडी भाडा बढाउने निर्णय गरेको हो ।

दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागले जनाएको छ । पछिल्लो सयम ष्तवर्षको ३१ साउनमा भाडा समायोजन भएपछि आज नयाँ भाडादर तोकिएको विभागदेवार प्रकाशित सूचनामा उल्लेख छ ।

यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ ।

भाडा बढाउन लामो समयदेखि यातायात व्यवसायीहरुले माग गदैृ आएपनि भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ११ पुस २०८१ मा विभागलाई सहमति दिएसँगै विभागले भाडा बढाएको हो । विभागले समयमा भाडा समायोजन नगरेपछि कतिपय रुटहरुमा व्यवसायीले आफुखुसी भाडा असुली गर्दै आएका थिए ।

विभागका अनुसार सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको अध्ययन तथा विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्श समेतका आधारमा भाडा बढाइएको हो ।

डिलक्सले २० प्रतिशत थप भाडा लिन सक्ने

तोकिएको भाडामा डिलक्स सुविधा लिएका सार्वजनिक सवारी साधनले २० प्रतिशतसम्म थप रकम लिन सक्ने र सुपर डिलक्सले डिलक्सको भाडादरमा थप २० प्रतिशत थप भाडा लिन सक्ने विभागले जनाएको छ । यसका लागि ब्लू बुकमा डिलक्स सुविधा लिएको उल्लेख हुनुपर्ने प्रावधान राखिएको छ।

यद्देपी ब्लुबुकमा डिलक्स कायम गरिएका सवारीहरुमा डिलक्सको सुबिधा नहुने गरेको यात्रुहरुले गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : ५६ बजे

यु-१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक आज, विभिन्न विधेयक र प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँकेका स्थानीय तहमा गरिबीको तह असमान, नरैनापुरमा आधा बढी जनसंख्या गरिबीको रेखामुनी

नेपालगन्ज । बाँकेका आठ स्थानीय तहमा गरिबीको अवस्था असमान रहेको